एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने बताएका छन् । इतिहासमै पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइने उनले बताएका हुन
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले बजेट वैधानिक र वस्तुवादी बनाएर संसद्मा अर्थमन्त्रीबाट पेस हुने जानकारी दिए । उनले भने, ‘अबको बजेट बनाउँदा पहिले सरकारमा छलफल गरिन्छ । अन्तिममा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो हुँदा जनताले के चाहन्छन् भन्ने कुरा पनि आउँछ । बजेटको सिलिङ बनाउँदा सबै कुरा सबैसँग छलफल गरिन्छ।’
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अघि नै व्यापक छलफल पनि गरिने प्रचण्डको भनाई थियो । प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएको माओवादी केन्द्रले जनाएको छ ।
