दार्चुला कात्तिक ०८ । दार्चुलामा बिहीवारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाइने भएको हो । दार्चुलामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।

पहिलो मात्रा लगाएका नागरिकहरुलाई कार्तिक ११ गतेदेखि कार्तिक १५ गतेसम्म ९५ दिन० खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ ।

जिल्लाका ९२ ओटा खोप केन्द्रबाट खोप दिइनेछ ।स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलामा ३७ हजार ९ सय ९९ नागरिकले पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय