दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा ८० बर्षका दुलाहले बिहे गरेका छन ।  यहि माघ ५ गते शुक्रबार (हिजो) अपिहिमाल गाउँपालिकामा रोचक बिहे सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ०६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीको ८० बर्षको उमेरमा सास्कृतिक तथा बैधानिक विवाह सम्पन्न भएको अपिहिमाल सहकर्मी भकत सिह धामिले जानकारी दिए ।

छोरा बुहारी, नाति पनाति समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका छन् । हिजो बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातने बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेका छन ।

बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको सहकर्मी धामिले बताए । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

बेहुला राइसिंहले बेहुली बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै बिहेविधि पुरा गरेर हिजो घरभित्र सास्कृतिक परम्परासहित भित्र्याउनुभएको हो ।

धामी दम्पत्तीको यो बिहेले सास्कृतिक सन्देश समेत दिएको स्थानीयहरुले बताएका छन् । बिहे र बिहे भोजमा सबै स्थानीय आफन्त, इष्टमित्रहरुले यो उमेरमा बिहे गरिरहेका धामी दम्पत्तीलाई जिस्क्याएर खुबै रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउदा रमाइलो अनुभुति भएको धामी दम्पत्तीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय