दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा हिउदे बर्षाको कामना गर्दै भ्यागुताहरुको बिहे गरिएको छ ।

लामो समयसम्म हिउँदे बर्षा नपरेमा भ्यागुताहरुको विवाह गराएमा पानी पर्छ भन्ने पुरानो विश्वासका आधारमा नौगाडको वडा नम्बर २ गोधानी खोलामा विधिविधान सहित ज्योतिष पण्डित, गाउँलेहरुको उपस्थितिमा भाले र पोथी भ्यागुताहरु खोजेर बिहे गराइएको हो ।

यस बर्ष कार्तिकमा परेको बेमैसमी असिनापानी पछि हिउदे बर्षा नहुदा बालीनाली सुकेर नष्ट हुनुका साथै खानेपानीका मुहानहरु सुक्न थालेका छन । वर्षा नहुदा किसानहरु उत्पादन घट्ने चिन्तामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय