दार्चुला कात्तिक १० । कार्तिक महिनाको सुरुवातमै भएको हिमपातका कारण अत्यधिक चिसो बढेपछि ब्याँस गाउँपालिका वडा नम्वर १ तिंकरमा रहेको सीमा प्रहरी चौकी छाङरु झरेको छ । प्रहरी नायब निरीक्षक हर्क महतारा नेतृत्वको प्रहरी टोली कार्तिक ६ गते छाङरुमा झरेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए ।

तिंकरमा चिसोका कारण वस्न सक्ने अवस्था नरहेको र चिसोले खानेपानी समेत जम्न थालेपछि प्रहरी चौकी तल झरेको भट्टले वताए । अहिले छाङरुवाटै प्रहरी गस्तिमा गैरहेको जनाईएको छ । छाङरु प्रहरी चौकीबाट पनि चार जना वडा नम्वर २ दुम्लीङ प्रहरी चौकी झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय