दार्चुला कात्तिक १० । जिल्लामा बिहीवार देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पाच दिन सम्म लगाईने खोपमा गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बुधबार सम्म जिल्लाका नौ वटै स्थानीय तहमा भेरोसेल खोप पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिकामा सबै भन्दा बढि ४८ सय ५० डोज खोप पठाइएको छ भने सबै भन्दा कम व्यासँ गाउँपालिकामा १५ सय डोज खोप पठाइएको छ ।

महाकाली नगरपालिकामा ४८ सय मालिकार्जुनमा ४३ सय दुहुँ गाउँपालिकामा २३ सय ६० डोज लेकम गाउँपालिकामा २२ सय ५० डोज नौगाड गाउँपालिकामा ३३ सय डोज खोप अपि हिमाल गाउँपालिकामा १९ सय तथा मार्मा गाउँपालिकामा ३८ सय डोज खोप पठाइएको छ ।

हाल सम्म दार्चुलामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएको जनाएको छ । पहिलो मात्रा लगाएका नागरिकहरुलाई यहि कार्तिक ११ गतेदेखि कार्तिक १५ गतेसम्म खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका ९२ वटा खोप केन्द्रबाट खोप दिइने बताइएको छ । दार्चुलामा ३७ हजार ९ सय ९९ नागरिकले पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन भनिएको छ ।

दार्चुला जिल्लामा हाल सम्म २१ सय ५ जनालाई स्टा«जेनिका खोप लगाउन बाकी रहेको पाइएको छ । १८ वर्षमाथिका जम्मा जनसंख्याको ७४ दशमलब १६ प्रतिशत जनसंख्याले पहिलो डोज खोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय