दार्चुला  । जिल्ला समन्वय समिति दार्चुलाले स्थानिय तहको वित्तिय सुशासन तथा जोखिम मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ । दार्चुलाका स्थानिय तहहरुको गत आर्थिक वर्ष २०७९/८० को वित्तिय सुशासन तथा जोखिम मुल्याकंनमा दुहुँ गाउँपालिका अब्बल देखिएको छ ।
जिल्लामा रहेका ९ ओटा स्थानिय तहहरुमध्ये वित्तिय सुशासन तथा जोखिम मूल्याकंनमा दुहुँ गाउँपालिकाले ८५.५ अंक प्राप्त गर्दै जिल्लाकै पहिलो भएको छ भने लेकम गाउँपालिकाले ६६ अंक प्राप्त गर्दै अन्तिममा परेको छ  ।  नौगाड गाउँपालिकाले ८२.५ अंक प्राप्त गर्दै दोस्रो भएको भने अपिहिमाल गाउँपालिकाले ८२ अंक प्राप्त गर्दै तेस्रो भएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
त्यस्तै मालिकार्जुन गाउँपालिकाले ८१.५ अंक ल्याएर चौथो , महाकाली नगरपालिकाले ७९.५ अंक प्राप्त गर्दै पाँचौ र मार्मा गाउँपालिकाले ७६.५ अंक प्राप्त गर्दै छैटौ भएको छ । शैल्यशिखर नगरपालिकाले ७१ अंक प्राप्त गर्दै सातौ र व्याँस गाउँपालिकाले ७०.५ अंक प्राप्त गर्दै आठौँ भएको छ । सबैभन्दा कम लेकम गाउँपालिकाले ६६ अंक प्राप्त गरेको जिल्ला समन्वय समितिले बताउनुभयो ।
जिल्ला समन्वय समिति दार्चुलाले विभिन्न पाँच मुल्याकंनमा क्षेत्रहरुको मुल्याकंन गरेर अन्तिम नतिजा सार्वजनिक गरेको हो । जसमा योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखा तथा प्रतिवेदन, अनुगमन मूल्याकंन तथा लेखा परिक्षण र राजश्व व्यस्थापनका क्षेत्रहरुमा मुल्याकंन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय