
दार्चुला कात्तिक ११ । जिल्लाको ब्याँस गाउँपालिका नेकपा एमाले गाउँपालिका अध्यक्षमा मंगलसिह धामी सर्वसम्मत चयन भएका छन् । बिहीवार एमाले दार्चुलाको प्रथम पालिकाका अधिवेशनले धामीलाई गाउँपालिका कमिटी अध्यक्षमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा निर्मला धामी, सचिवमा नारद दत्त भट्ट, उप सचिवमा राजेन्द्र सिह कुँवर र हरिमाया धामी लगायत ७५ सदस्यीय कमिटी गठन गरिएको नेकपा एमाले जनाएको छ । अध्यक्षमा चयन भएका धामी केही दिन अघि नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजित भएपछि नेपाली काँग्रेस पाटी परित्याग गरि एमाले प्रवेश गरेका थिए ।
राजधानी काठमाडौ पुगेर पाटी प्रवेश गरेका मंगल सिह धामीलाई पाटी अध्यक्ष केपिशर्मा वलीले स्वागत गरेका थिए । धामी २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पाटीवाट वडा नम्वर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा एमालेले जिल्लाका २ स्थानीय तहमा कमिटी गठन टुङ्गाएको छ । एमालेको वडा र पालिका अधिवेनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र सहसचिव दुई रहने व्यवस्था छ ।
एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिवेशन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले बताए ।