दार्चुला । महाकाली नगरपालिका वडा ४ शिवनगर खेलमैदानमा विहिबार हिजो देखि सुरु भएको १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज दोस्रो दिन सम्म आइपुग्दा १५सय मिटर दौड र लम्पजम्पका खेलहरु सम्पन्न भएका छन ।
जसमध्ये १५सय मिटिर दौडमा छात्रा तर्फ महाकाली नगरपालिकाका अस्मिता बोहरा प्रथम, मार्मा गाउँपालिकाका उषा भट्ट द्धितिय, र मालिकार्जुन गाउँपालिकाका यसोदा चन्द तृतिय भएका छन ।
१५सय मिटर दौड छात्र तर्फ मालिकार्जुनका विनोद टमटा प्रथम, लेकम गाउँपालिकाका दिपेश पाल द्धितिय, र महाकाली नगरपालिकाका असिम कार्की तृतिय भएका छन ।
लम्जम्प तर्फ छात्रा महाकाली नगरपालिकाकी लक्ष्मी भट्ट,प्रथम शैल्यशिखर नगरपालिकाकी पुर्णिमा जोशी,द्धितिय महाकाली नगरपालिकाकी भावना जोशी, तृतिय भएको आयोजकले जनाएको छ ।
उता छात्राहरुमा कबडी प्रतियोगिता संञ्चालन गरिएको छ । भलिबल तर्फ महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिका विच भएको खेलमा महाकाली नगरपालिकाले जित हात पारेको छ । यस्तै मार्मा गाउँपालिका र अपि हिमाल गाउँपालिका विच भएको खेलमा मार्मा गाउँपालिकाले जित हात पारेका छन ।
लेकम गाउँपालिका र नौगाड गाउँपालिका विच भएको प्रतियोगितामा लेकम गाउँपालिकाले जित हात पारेको छ । दुुहुँ र व्यासँ गाउपालिका विच भएको प्रतियोगितामा समय अभावका कारण खेल स्थगित गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ । आयोजकका अनुसार छात्र तर्फ कबडी र छात्रा तर्फ भलिबल खेलहरु खेलाउन बाकी रहेको जनाएको छ । बाकी रहेका खेलहरु शनिबार खेलाइने बताईको छ ।
