दार्चुला कात्तिक ११ । जिल्लामा बिहीवार देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइएको छ । पाच दिन सम्म लगाईने खोपमा गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाइन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बुधबार नै जिल्लाका नौ वटै स्थानीय तहमा भेरोसेल खोप पठाइएको र विहिवार देखी सवै खोपकेन्द्रवाट खोप लागाईएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिकामा सबै भन्दा बढि ४८ सय ५० डोज खोप पठाइएको थियो भने सबै भन्दा कम व्यासँ गाउँपालिकामा १५ सय डोज खोप पठाइएको थियो । महाकाली नगरपालिकामा ४८ सय मालिकार्जुनमा ४३ सय दुहुँ गाउँपालिकामा २३ सय ६० डोज लेकम गाउँपालिकामा २२ सय ५० डोज नौगाड गाउँपालिकामा ३३ सय डोज खोप अपि हिमाल गाउँपालिकामा १९ सय तथा मार्मा गाउँपालिकामा ३८ सय डोज खोप पठाइएको हो।
हाल सम्म जिल्लामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाएका छन । पहिलो मात्रा लगाएका नागरिकहरुलाई विहिवार देखि कार्तिक १५ गतेसम्म खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा ३७ हजार ९ सय ९९ नागरिकले पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दार्चुला जिल्लामा हाल सम्म २१ सय ५ जनालाई स्टा«जेनिका खोप लगाउन बाकी रहेको पाइएको छ । १८ वर्षमाथिका जम्मा जनसंख्याको ७४ दशमलब १६ प्रतिशत जनसंख्याले पहिलो डोज खोप लगाएका छन ।