धनगढी: सुमनराज पौडेलको शब्द र श्रीकान्त राना क्षेत्रीको संगीतमा नयाँ गीत बजारमा आएको छ। लामो समय देखि गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बैतडी डिलासैनीका श्रीकान्त राना क्षेत्री र इब्सल सन्ज्यालको आवाजमा नयाँ गीत हारेको जिन्दगी बजारमा आएको छ। गीतको शब्द सङ्कलन सुमनराज पौडेल ले गरेका छन्।
उक्त गीतको भिडियोमा अभिनयमा पनि श्रीकान्त राना क्षेत्री र इब्सल सन्ज्यालको नै रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ गरेको उक्त गीतको भिडियोको निर्देशन दीपक पन्तले गरेका छन् भने उक्त म्युजिक भिडियोको क्यामेरा,कलर डिजाइन र सम्पादन ओम प्रकाश अवस्थीले गरेका छन दृश्य निर्माण लाल्टिन पिक्चर नयाँ बानेश्वरले गरेको हो। हारेको जिन्दगी गीतको म्युजिक भिडियो सुमनराज पौडेलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
