प्रेमराज जोशी, दार्चुला कात्तिक १३ । वाढी र पहिरोवाट दुहुँ गाउँपालिकाका विभिन्न वस्तीमा सिर्जत समस्या, जोखीममा रहेको बस्तीको अवस्था वारे भौगर्भीक अध्ययन गर्न राष्ट्रिय विपद जोखीम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणको टोली दार्चुला पुगेको छ । दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की नेतृत्वको टोलीले नेपाल सरकार गृह मन्त्रालय सँग यस अघि गरेको आग्रह वमोजिम प्राधिकरणको टोली दुहुँ गाउँपालिकाका वाढी र पहिरो प्रभावित वस्तीहरुको अध्ययन गर्न जिल्ला आईपुगेको हो ।

टोलीले शनिवार विहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख करवीर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की लगायत सँग छलफल गरी भौगर्भीक अध्ययनका लागी प्रभावित क्षेत्र प्रस्थान गरेको छ ।टोलीले वाढी र पहिरो प्रभावित क्षेत्रको अध्ययन गरी वस्ती स्थानान्तरण प्रक्रिया, वस्ती पुन निर्माण, वस्ती जोखीमका विषयमा प्राधिकरणको नियमावली अनुसार अध्ययन गर्ने टोली प्रमुख तथा राष्ट्रिय विपद जोखीम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका भुर्गभविद् लेख प्रसाद भट्टले वताए ।

भुगर्भविद् भट्टका अनुसार वस्ती के कति कारणले जोखीममा परेको हो, वस्तीको अवस्था लगायतका विषयमा अध्ययन गरेर प्राधिकरणमा प्रतिवेदन वुझाईने छ ।

पहिलो चरणमा प्रारम्भिक अध्ययन गरिने भट्टले वताए । प्रारम्भिक अध्ययनले बस्ती जोखीमा छ या छैन भन्ने कुरा पत्ता लाग्ने तथा थप अध्ययन गर्नु पर्ने अवस्था आएमा प्राधिकरणलाई नै सिफरीस गरी विस्तृत अध्ययन गरीने वताईएको छ । विस्तृत अध्ययन अन्तर्गत प्रभावित क्षेत्रको माटो लगेर ल्यावमा परिक्षण गरिने जनाईएको छ ।

प्राधिकरणको टोलीले गत भदौ १३ गते राति भएको अविरल वर्षाका कारण क्षती पुगेको श्रीवगर, निजाङ, नागचौपाती, दौला, भुईकोट, नरोली, बथ्थोली, गुना, अफरे, सुत्खोला, सिमार, गरमोरा, गैरी, धुलीगढा, दल्या, मखमाली र वास्पाली लगायतको क्षेत्रमा अध्ययन गर्ने दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यि क्षेत्रहरुमा टोलीले ७ दिन सम्म अध्ययन गर्ने उनको भनाई छ । प्राधिकरणको टोलीमा भौगर्भविद् लेखप्रसाद भट्ट, ईन्जिनीयर दिनेश घिमीरे र सामाजिक र आर्थिक पक्षविद् विनोद सुनार रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय