
दार्चुला कात्तिक १३ । २०४९ सालमा एमालेवाट साविकको धौलाकोट गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका एमाले नेता गोपाल सिह धामी एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको छन ।
ब्याँस गाउँपालिका वडा नम्वर ५ धौलाकोट द्धारा आयोजित दिपावली पर्वको पुर्व सन्ध्यामा आयोजित चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा धामी लगायत अन्य ५ जनाले नेपाली कांग्रेस पाटी प्रवेश गरेको नेपाल विद्यार्थी संघ दार्चुलाका प्रबक्ता दिपक सिह खातीले जानकारी दिनुभयो ।
त्यस्तै नेकपा एमाले परित्याग गरी दान सिह धामी, झुन सिह धामी, माओवादी केन्द्र परित्याग गरि शेर सिह धामीले नेपाली कांग्रेस पाटी प्रवेश गरेका छन ।
धौलाकोटको स्याकुमा सम्पन्न कार्यक्रम वडा नम्वर ५ का वडा साभापति नरसिह धामीको अध्यक्षता तथा जिल्ला कार्य समिति सदस्य एवम ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका सभापति नरेन्द्र दत्त भट्ट र गाउँपालिका उपाध्यक्ष हेमा जोशी भट्ट विशिष्ट अतिथि रहनु भएको थियो ।
एमाले पार्टी परित्याग गरि कांग्रेस पाटिमा प्रवेश गर्नु भएका पुर्व एमाले गाविस अध्यक्ष लगायत अन्य ब्याक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि, जिल्ला कार्य समिति सदस्य एवम गाउँपालिका अध्यक्ष वुढाथोकीले अविर र खादा लगाई स्वागत गर्नु भएको छ ।
कार्यक्रममा पालिका भित्रका अन्य वडाका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।