दार्चुला । फेबरेट मिडिया प्रालीको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा ‘सांस्कृतिक तथा व्यापार मेला महोत्सव –२०८०’ आयोजना गरिने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत फेबरेट मिडिया प्रालीका अध्यक्ष कृष्ण सिह धामीले आगामी चैत्र २ देखी चैत्र ११ गतेसम्म सांस्कृतिक तथा व्यापार मेला महोत्सव संचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
“भाषा कला र भेषभुषा दार्चुलाको पहिचान संस्कृती संरक्षणमा हाम्रो अभियान” भन्ने मुलनाराका साथ चैत्र २ गते देखि चैत्र ११ गते सम्म व्यापार मेला महोत्सवको आयोजना गरीन लागेको हो । गत विगतका वर्षहरुमा दार्चुला उद्योग बाणिंज्य संघले संञ्चालन गदैँ आएको व्यापारीक मेला महोत्सव विगत ३/४ वर्षदेखि कोभिड १९ को महामारी लगायत विभिन्न कारणले संञ्चालन हुन नसकेको भन्दै उद्योग बाणिज्य संघको सहकार्यमा व्यापार मेला महोत्सव –२०८० को आयोजना गर्न लागिएको हो ।

व्यापार मेला महोत्सव महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको शिवनगर खेलमैदानमा आयोजना गरिन लागेको हो । १० दिन सम्म संञ्चालन हुने उक्त मेला महोत्सवमा दार्चुला सहित सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा भारतको उत्तराखण्ड राज्यका विभिन्न ठाउँबाट एक लाख बढी अबलोकन कर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेला महोत्सवमा विभिन्न १११ भन्दा बढि स्टलहरु राखिने आयोजकले जनाएको छ ।

जिल्लाका ९ वटै स्थानीय तह र व्याँसी सौका समुदायको सांस्कृतिक पहिचानलाई प्राथमिकता दिइने उदेश्यले मेलाको आयोजना गरिन लागेको हो ।

यस्तै मेला महोत्सवका माध्यमबाट बाह्य तथा आन्तरिक पर्यटकहरु सहभागि गराइ जिल्लाको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

जिल्लाको संस्कृति झल्कीने सांस्कृतिक झाकी प्रदर्शनी, हरेक दिन राष्ट्रिय कलाकारहरुबाट गित नृत्यतथा हास्यव्यङ्ग सहितको सांस्कृतिक प्रदर्शनी जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी प्रचार प्रसार तथा प्रबद्र्धन गरिने आयोजकले जनाएको छ ।

मेला महोत्सवमा प्रतिव्यक्ति प्रबेश शुल्क १ सय तथा विद्यार्थी जेष्ठनागरीकलाई ६० रुपैयाँ परिचयपत्र अनिवार्य गरिएको छ । केहीदिन भित्रै महोत्सवको प्रचार–प्रसारलाई तिब्रता दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय