दार्चुला, कात्तिक १४। डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । आइतबार विहान पौने दुई बजेतिर बस सडकबाट १०० मिटर तल खसेको जनाईएको छ ।
महाकाली यातायातको ६१३२ नम्बरको बस दुर्घटना भएको हो । वसमा सवार १० जना यात्रु घाइते भएका छन भने मानवीय क्षति भएको छैन ।
सडकबाट ना ८ ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी लगिदै छ। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सकुसल रहेका यात्रुहरु अरु गाडीहरुको प्रयोग गरेर गन्तब्यतर्फ गएका छन् ।