दार्चुला । विश्व क्षयरोग दिवसको अवसरमा सुदूरपश्चिमका एक जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीमा कार्यरत सिनियर ल्याब असिष्टेन्ट हिक्मतसिंह बडाल सम्मानित भएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमी भक्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्रशंसापत्रसहित बडाललाई सम्मान गरिएको हो । क्षयरोगको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको भन्दै केन्द्रले बडाललाई सम्मान गरेको हो । हरेक प्रदेशबाट क्षयरोग निवारणको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मानित गर्दै आएको केन्द्रले सुदूरपश्चिमबाट सिनियर ल्याब असिष्टेन्ट बडाललाई सम्मानित गरिएको हो ।
बडाल विगत १२ बर्षदेखि क्षयरोग निवारणको क्षेत्रमा काम गर्दै आएका छन् । बडाल दार्चुला जिल्ला दुहु गाउँपालिका वडा नम्बर २ का बासिन्दा हुन । उनले एस एल सि सम्मको अध्ययन गौरिलमाण्डौ माध्यामिक बिद्यालय हिकिलामा गरेका हुन ।
