दार्चुला कात्तिक १४ । कारोनाका कारण सुस्ताएको बजार अझै गतिमा आउन सकेको छैन । कोरोना संक्रमण हुने डरले मनाउन नपाएका चाँड पर्वहरु र मानिसको आवत जावत सिमित भएपछि वजार सुस्ताएको हो ।
सुस्ताएको बजार अझै पनि गतिमा आउन नसकेको ब्यवसायीहरुले वताएका छन । विगतमा दशै, तिहार र छठ पर्व लगायतमा हुने रमझम, किनमेल कोरोनाका कारण विगत २ वर्ष देखी निकै सुस्ताएको ब्यापारीहरु वताउँछन ।
विगतमा दशै र तिहारका वेला १ दिनमा लाखौको कारोवार हुने गरेको तथा अहिले दिनमा ८ देखी १० हजार मात्रै ब्यापार हुने गरेको दार्चुला जिल्ला सदरमुकाम खलंगा घाँट बजारका १ जना ब्यापारीले वताए ।
नेपालमा कोरोना संक्रमण भित्रिएपछि फुलमालाको ब्यवसाय मात्रै नभएर जिल्लाको पर्यटन होटल ब्यवसाय लगायत अन्य क्षेत्रमा पनि ठुलो प्रभाव परेको पाईन्छ । विगतका बर्षहरुमा यो समयमा बजारमा फुल माला बेचेरै लाखौ आम्दानी गर्ने यहाँका ब्यापारीहरु अहिले भने पसल खोलेर वस्न वाध्य भएका छन ।
यस्तै नेपालमा मात्रै नभई सिमावर्ती वजार धारचुलामा पनि कोरोनाको प्रभाव देखीएको छ । फुलमालाका ब्यापारी रोहीत कुटियालका अनुसार कोरोनाको संक्रमण नदेखिनु अघि दिनकै हजारौ रुपैयाँ कमाई हुन्थ्यो, विगत २ वर्ष देखी दिनमा ५ सय रुपैयाँको पनि कारोवार हुदैन । कोरोनाका कारण ब्यापार ब्यवसाय निकै सुस्ताएको छ यि ल्याएका फुलमाला पनि वेचिने हुन्न कि होईन भन्दै कुटीयालले चिन्ता ब्यक्त गर्नु भयो ।