दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुला काठमाडौं होली टिमले उपचाररत मंगलसिह ठगुन्नालाई आर्थिक सहयोग गरेको छ । होली पर्वबाट संकलीत १५ हजार ५ रुपैयाँ उपचाररत ठगुन्नालाई सहयोग गरेको ने.वि संघ दार्चुला काठमाडौं होली टिमका संयोजक नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
दुर्घटनामा परि टाउकोको अप्रेसन गरिरहेका जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीका ठगुन्नालाई आर्थिक सहयोग गरेको हो । अन्नपुर्ण न्यूरो हस्पिटलमा उपचाररत रहेका ठगुन्नालाई सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरेका हुन ।
