काठमाडौ । प्रहरीले डेढ किलोभन्दा बढी अवैध सुन र झन्डै डेढ करोड रुपैयाँसहित काठमाडौंबाट सात जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट १ हजार ७६८।२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रकम बरामद भएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ का ४७ वर्षीय गणेशदत्त बडु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीय गणेश सतिश बाल्टे, झापाको विर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय