काठमाडौं । टी २० विश्वकप २०२४ का लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरेको छ । टिममा युवा ओपनर यशस्वी जैसवालले पहिलो पटक विश्वकपको टिममा स्थान बनाएका छन् । विकेटकिपर ऋषभ पन्तको टिममा पुनरागन भएको छ । सञ्जु सामसनले केएल राहुललाई प्रतिस्थापन गरेका छन् । यस पटक युवा ओपनर शुभमन गिलको स्थानमा अर्का युवा ब्याटर यशस्वी जैसवालले खेल्ने मौका पाएका हुन् ।
भारतीय टोलीः रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्डेय (उपकप्तान), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह , जसप्रित बुमराह, मोहम्मद सिराज । वैकल्पिक खेलाडी ः शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान । अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय