एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको घोषणा गर्नुभएको हो । बेलायतमा अब अर्को हप्ता संसद विघटन हुँदैछ । त्यसपछि निर्वाचन प्रक्रिया शुरु हुने बेलायती सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेर विश्वासको मत मागिरहेका बेला उहाँले चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।