दार्चुला । बंगलादेशको ढाकामा यहि जेठ १३ गते (मे २६ देखि) जेठ २१ गते (जुन ३) तारिखसम्म हुने चौथो बंगबन्दुकप अन्तर्राष्ट्रिय पुरूष कबड्डी प्रतियोगितामा दार्चुलाका कबड्डी खेलाडी जितेन्द्र अवस्थीले पनि भाग लिने मौका पाएका छन् ।

जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय खेल खेली सकेका उनले अन्तराष्ट्रिय स्तरको कबड्डीमा भाग लिने अवसर प्राप्त गरेका हुन् । दार्चुलाको महाकाली नगरपालिका–५ मोहतीका अवस्थी सानै देखी कबड्डी खेलाडी हुन् ।

अन्तराष्ट्रिय स्तरको कबड्डी प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको आज एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेको दार्चुलाका पत्रकार एवं भलिवल खेलका राष्ट्रिय खेलाडी भोजराज जोशीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने १६ सदस्यीय नेपाली खेलाडीहरुको टोलीलाई बिदाई गरिएको बताइएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट घनश्याम रोक्का मगरको कप्तानीमा गणेश कार्की, मनोज भट्ट कपाडी, जीतेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेस लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोशन श्रेष्ठ र विशाल थापाले भाग लिने छन् । टिममा प्रशिक्षक बिष्णुदत्त भट्ट, व्यवस्थापक महेशचन्द्र भट्ट, अफिसियलहरु तर्कराज भट्ट र रमेश चन्द रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय