
प्रेमराज जोशी, दार्चुला कात्तिक २२ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ३ फाराभिट्टा भिरको माथि निर्माण भएको भ्यू टावर निर्माणको काम सकिएको २ वर्षमै जिर्ण वनेको छ । अपि नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको पर्यटन प्रवद्धन गर्ने उदेश्य अनुरुप निर्माण भएको भ्यू टावर निर्माण भएको केही समयमै जिर्ण अवस्थामा रहेको हो ।
अपि नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले स्थानिय सरकार दुहुँ गाउँपालिका र जिल्ला समन्वय समिति दार्चुला सँग समन्वय गरेर निर्माणको लागत अनुमान गरेको जनाएको छ । दुहुँ गाउँपालिकाकाले ५ लाख र समन्यव समिति दार्चुलाले २÷३ लाख दिने भनी मौखीक सम्झौता भएको र त्यहि अनुरुप अपि नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले १२ देखी १५ लाख सम्ममा निर्माण सम्पन्न हुने गरी लागत अनुमान वनाई निर्माण ब्यवसायीलाई काम गर्न लगाएको अपि नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका ईन्जिनियर विरेन्द्र धामीले जानकारी दिए ।
पछि कुनै पनि निकायवाट आर्थिक सहयोग नभएका कारण ठेकेदार कम्पनीले अपि नम्पाको ५ लाखको वजेटवाट निर्माणको काम गरेको र ५ लाखको लागत अनुमान भन्दा पनि वढी काम गरेको ईन्जिनियर धामीको भनाई छ । आर्थिक वर्ष २०७४÷०७५ मा निर्माणको काम गरेको निर्माण कम्पनीले ५ लाखको लागत भन्दा पनि वढी काम गरेको देखीन्छ, अहिले निर्माण भएको २ वर्षमै भ्यू टावर जिर्ण अवस्थामा रहनु सहयोग गर्छाै भन्ने निकायवाट सहयोग प्राप्त भएन कार्यालय सँग वाकी थप गर्न वजेट थिएन तै भएर भ्यू टावरको यो अवस्था भएको ईन्जिनियर धामीले सिद्धटोपी खवर सँग भने ।
वाकि काम पुरा गर्नको लागी गत वर्ष र यो आर्थिक वर्ष विभागमा सिलिङ पठाएको र विभागवाट कुनै प्रतिक्रिया नआएको कार्यालयले जानाएको छ । यो विषयमा दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीलाई वुझ्दा स्थानिय सरकारवाट सहयोग गर्छाँै, भनेका हौँ तर निर्माण हुँदा हुँदै सिडि भाँचिएको र अख्तियारमा समेत मुद्धा परेका कारण गाउँपालिकाले १ रुपैयाँँ पनि सहयोग नगरेको वताए ।
अहिले सम्म गाउँपालिकाको आधिकारी जवाफ र जिम्मेवारी केहि नभएको भन्दै अध्यक्ष कार्कीले गाउँपालिका भित्र निर्माण भएको संरचना भएको कारण पालिकाको पनि नाम जोडिएकाले यो वर्ष केहि रकम विनियोजित गरेको र अवको केहि दिनमै प्राविधिक साईडमा पठाई केहि थोरै लगानीमा मर्मत गर्न सकिने भए मर्मत गर्ने वताउनु भयो ।
सामाजिक संञ्जालमा गाउँपालिको नाम जोडेर गाउँपालिकाको विकास भनेर वदनाम गर्न खोज्ने तत्वहरुलाई स्पष्ट रुपमा गाउँपालिकाको धारणा र वजेट दिए नदिएको वुझ्न अध्यक्ष कार्कीले आग्रह गर्नु भयो । गाउँपालिकाले निर्माण गरेको भ्यू टावर सिद्धटोपी क्षेत्रमा हो, त्यसको अवलोकन गरी टुप्पाको तलामा गएर अवलोकन गर्न र गाउँपालिकाले गर्ने विकासको मुल्याङकन गर्न अनुरोध गर्नु भयो ।
यता समन्वय समिति दार्चुलाका प्रमुख करवीर वहादुर कार्कीलाई यो विषयमा वुझ्दा जिल्ला समन्वय सँग कुनै वजेट नहुने भन्दै स्थानिय सरकार दुहुँ गाउँपालिका र अपि नम्पा संरक्षण क्षेत्र कार्यालयसँग समन्वय गरी छिट्टै निर्माण गराउन दवाव गर्ने वताए ।
निर्माण ब्यवसायी मान सिह बुढाथोकीसँग सम्पर्क गरी वुझ्दा प्राविधिक ईष्टमेट भन्दा वढी काम गरेको र कामदारहरुले भुक्तानी गर्न ढिला गरेको भन्दै सिडीमा ढुङगा हानी भाचिदिएको वताउँदै आएका छन । गाउँपालिकाले पनि सहयोग गर्छु भनेको थियो पछि आएर सहयोग कसैले पनि गरेनन अहिले आफ्नो निर्माण कम्पनीको वदनाम भएको छ निर्माण ब्यवसायी बुढाथोकीले भने ।
अहिले उक्त भ्यू टावर सामाजिक संञ्जालमा भाईरल वनेको छ । माथिल्लो तलाको सिडी पुर्ण रुपमा भत्किएको र कसैले भ्यू टावर चड्ने प्रयास गरे लडेर श्रीवगर खोलामा पुगीने प्रष्ट देखिन्छ । यो विषयमा अख्तियारमा समेत मुद्धा परेको छ । वाकि तस्विर आफै वोल्छ ।