काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओली आइतबार केही बेर अगाडि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणबारे छलफल गरिरहेका छन् ।
भारतमा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आज अपरान्ह भारत भ्रमण जाने तयारी गरिरहेका छन् ।
भारत भ्रमणमा प्रधानमन्त्री ‘प्रचण्ड’ सँगै उनकी छोरी गंङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायतको टोली जाँदैछ ।
