काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि स्थगित भएको छ । आइतबार न्यायाधीश सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो ।

इजलासमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पक्षका अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि उनले अन्य न्यायाधीशहरुसँगको छलफलपछि अलग हुने निर्णय लिएका हुन् ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको थियो । जसअनुसार पोखरेलसहित न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय