
दार्चुला कात्तिक २२ । जिल्लाको दुहुँ गाउँपालिका गाउँकार्यपालीकाको वैठक सोमवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न वैठकले वाढी र पहिरोले गरेको क्षतिको अवस्था हेरी राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवत्ता गोविन्द सिह डडालले जानकारी दिए । गत भदौ १३ गतेको बाढी र पहिरोले दुहुँमा मानवीय तथा भौतिक क्षति गरेको थियो ।
मानवीय क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ, पूर्वाधार क्षति भएको परिवारलाई रु १५ हजार, उच्च घर जोखिम र पूर्ण पसल क्षति भएका परिवारलाई ५, ५ हजार, सामान्य घर जोखिमलाई २ हजार र जग्गा तथा बालीनाली क्षति भएका परिवारलाई १ हजार देखि ३ हजारसम्म राहत वितरण गर्ने निर्णय भएको प्रवत्ता डडाले बताए । यस्तै पाठेघर खसेका महिलाहरुलाई विगत वर्षमा झै ५० हजार रुपैयाँ सहयोग कार्यक्रमलाई निरन्तरता दिइने निर्णय गरिएको छ ।