काठमाडौं– क्यानडामा आयोजना हुने ग्लोबल टी–२० लिगमा यस पटक ३ नेपाली खेलाडीले खेल्ने भएका छन् । यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी–२० लिग खेल्ने भएका हुन्।

ग्लोबल टी–२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ । सन्दीप चौथो पटक ग्लोबल टी–२० क्यानडा लिग खेल्दैछन् भने दीपेन्द्र दोस्रो पटक विदेशी लिगमा छनोट भएका हुन्।

यस अगाडि सोमपाल कामीले पनि ग्लोबल टी–२० खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय