
दार्चुला कात्तिक २३ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल भोली जिल्लाको गोकुलेश्वर आउने भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी दार्चुलाको जिल्ला कमिटी घोषणाको लागी अध्यक्ष नेपाल आउन लाग्नु भएको जनाईएको छ ।
शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा भोली (एस) का केन्द्रीय अध्यक्ष नेपालले जिल्ला कमिटिको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा (एस) दार्चुलाका नेता गणेश कुमार जोशीले जानकारी दिए ।
गोकुलेश्वरमा भव्य कार्यक्रमको आयोजना गरी जिल्ला कमिटि घोषणा गर्ने तयारी भएको नेता जोशीले बताए ।
पार्टीको जिल्ला कमिटि घोषणाका लागी केन्द्रीय अध्यक्ष नेपाल संगै वन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले, सुदुपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारी समेत आउने कार्यक्रम रहेको जोशीले जानकारी दिए ।
गोकुलेश्वरमा कार्यक्रम गर्न उपयुक्त हुने देखिएका कारण सदरमुकाम खलंगामा नगरिएको नेता जोशीको भनाई छ ।
नेकपा (एस) जिल्ला कमिटिमा अध्यक्ष १ जना, २ जना उपाध्यक्ष, १ जना सचिव, ८ जना सहसचिव र बाकी सदस्य सहित ५१ जना सम्म रहने बताइएको छ । जिल्ला कमिटिका पदाधिकारीहरुको नाम अहिले नै भन्न नमिल्ने नेता जोशीले बताए । ‘भोली कार्यक्रममा केन्द्रीय अध्यक्ष ज्युले नै कमिटिका पदाधिकारीहरुको नाम भन्नु हुन्छ आज राती सम्म पनि हामी पदाधिकारीको टुङ्गो लगाउछौ उनले भने । भोलि डडेल्धुरा हुदै गोकुलेश्वर आउने कार्यक्रम तय भएको छ । दिउसो १ बजेतिर अध्यक्ष नेपाल हेलिकप्टर बाट गोकुलेश्वर आउने बताइएको छ । ’ कार्यक्रम दिउसो १ बजेबाट हुने जनाइएको छ ।