दार्चुला कात्तिक २३ । कात्तिक २१ ग्ते साझाँ ७ वजे मार्मा गाउँपालिकाको वडा नम्वर ४ मा घटेको घटनाले फरक मोड लिएको छ । मार्मा गाउँपालिका वडा नम्बर २ लामबगरस्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका वडा नम्बर ४ बिम्थी बस्ने ३५ वर्षीय प्रेम महराको मृत्यु भएको घटनाले फरक मोड लिएको हो । घटना घट्ने वित्तिकै ति ब्याक्तीको करेन्ट लागेर मृत्यु भएको भनीए पनि मृतकका आफन्तले घटना संकास्पद रहेको भन्दै प्रहरीमा ७ जना विरुद्ध जाहेरी दिएका छन ।
मृतकका आफन्तले मृतक महरा सँगै छत ढलानमा संलग्न अन्य ब्याक्तिहरुलाई कुनै पनि किसिमको चोटपटक नलागेको भन्दै घटना संकास्पद रहेको भनेर ईलाका प्रहरी कार्यालय लटिनाथमा ति ७ जना विरुद्ध जाहेरी दिएको मृतक महराकी श्रीमती ममता महराले जानकारी दिए ।
मृतक महराले लगाएको टिसर्टमा रगत फेला परेपछि आफन्तले घटना संकास्पद रहेको भन्दै जाहेरी दिएको खुल्न आएको छ ।
यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार मृतकका आफन्तले जाहेरी दिएको वारे जानकारी नआएको वताए । जाहेरी जिल्ला प्रहरी कार्यालयमा मात्रै दर्ता हुने भन्दै प्रहरीचौकी र ईलका प्रहरी कार्यालय मार्फत पनि दिन सकिने ब्यवस्था रहेको वताए ।
मृतकका आफन्तले ७ जना विरुद्ध जाहेरी दिएपनि प्रहरीले भने हालसम्म ढलानमा सँलग्न कसैलाई पनि प्रक्राउ नगरेको जनाएको छ ।
यद्यपी प्रहरीले ढलानमा सँलग्न सवै जनालाई घटना वारे प्रारम्भिक सोधपुछ गरेको वताईएको छ । यसैविच प्रहरीले मृतक महराको शव ३ दिन पछि मंगलवार पोष्टमार्टमका लागी जिल्ला अस्पताल दार्चुला ल्याएको छ । गोकुलेश्वर अस्पतालमा पनि पोष्टमार्टम गर्ने ब्यवस्था हुँदा हुँदै पनि शव खलंगा ल्याउनुले घटना संकास्पद रहेको आशंका गरिएको छ ।
घटना यस्तो थियो ।
कात्तिक २१ गते मार्मा गाउँपालिका स्थित वडा नम्बर २ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने महराको लटिनाथ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धानका लागि इप्रका लटिनाथ संगै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs