दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर २ लस्या निवासी उत्तम बहादुर बमले दुहुँको आवासीय अनाथालयमा आर्थिक सहयोग गरेका छन ।
बुधबार बमले गाउँपालिकाको वडा नम्वर ४ मा रहेको आवासीय अनाथालयमा रहेका १५ जना बिद्यार्थीहरुलाई १/१ जोर जुता, जुराफ, जिन पेइन्ट, टिसर्ट र ५ कट्टा मसिनो चामल बितरण गरेको हुन् ।
त्यस्तै बमले केही समय अगाडि हरिचन मन्दिर निर्माणमा आर्थिक सहयोग र वडा नम्वर २ मा रहेको दहधार आधारभुत बिद्यालय गुनामा अध्ययनरत ६० जना छात्र/छात्राहरुलाई बिद्यालय पोशाक र ७ जना शिक्षकहरुलाई झोला वितरण गर्नु भएको थियो । बमले यो भन्दा अगाडि दुहुँका बाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग सँगै जमिनको समेत ब्यवस्था गरेका थिए ।
