धनुषा — मधेश प्रदेश सरकार आज बिस्तार हुँदैछ । नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित ४ मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । कांग्रेसको सिफारिसपछि मुख्यमन्त्री सिंहले रौतहटका सुनिल यादवलाई अर्थ, पर्साका जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनरायण यादवलाई उर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशल किशाेर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । चारै जना मन्त्रीहरुलाई बिहीबार साँझ ५ बजे शपथ गराउने तयारी रहेको छ । कांग्रेसले एक साताअघि नै मन्त्रीकाे नाम टुंगाे लगाएकाे थियाे । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तार हुन ढिला भइरहेको थियो । कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो । कान्तिपुरबाट
