दार्चुला, कात्तिक २४ । महेन्द्र नमुना माध्यमिक विद्यालयको असहाय छात्रावासको शूभारम्भ गरिएको छ । बुधवार एक कार्यक्रमका बीच छात्रावासको शुभारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिए ।
महाकाली नगरपालिका—५ गल्फैस्थित निर्मित असहाय छात्रावासमा ८ जना अनाथ विद्यार्थीको व्यवस्थापन गरिएको विद्यालयका प्रध्यानाध्यापक जोशीले वताए । कूल २० जना राख्ने क्षमता भएको छात्रावासमा अब १२ जना छनौट मार्फत व्यवस्थापन गरिनेछन् । यिनीहरुको खर्च व्यवस्थापन सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले गर्ने जनाइएको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई खान, बस्न र मासिक प्रति विद्यार्थी ५ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइने प्रध्यानाध्यापक जोशीले बताए ।
यस्तै छात्रावासको थप व्यवस्थापनका लागि महाकाली नगरपालिकासँग समन्वय गरिने उनले बताए । टुहुरा बालबालिकाहरुको अभिभावक नगरप्रमुख कार्यक्रमबाट छात्रावासका लागि सहयोग गरिने नगरपालिकाले जनाएको छ । छात्रावास संचालनका लागि १ जना भान्से, १ पाले र १ वार्डेन राखिएका छन् । सुदूरपश्चिम सरकारको आर्थिक सहयोगमा निर्मित असहाय छात्रावासको गत असोज १८ गते सुदूरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशीद्धारा उद्घाटन गरिएको थियो ।
महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव बडूको अध्यक्षतामा भएको छात्रावास शूभारम्भ कार्यक्रममा प्रमुख अतिथि महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट रहेका थिए । उक्त कार्यक्रममा दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकी र नेपाली काँग्रेस दार्चुलाका सभापति ललितसिह बोहराको विशिष्ट आतिथ्यतता तथा महाकाली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष दिनेशराज जोशीको आतिथ्यतता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय