काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूका लागि ह्विप जारी गरेको छ । रास्वपा संसदीय दलको आइतबारको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नका लागि ह्विप लगाउने निर्णय गरेको थियो । सोहीअनुसार प्रमुख सचेतक सन्तोष परियारले ह्विप जारी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार १ बजे बस्ने बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने कार्यसूची रहेको छ । कांग्रेस र एमालेको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका हुन् ।

