काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थकि बृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् । प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । ‘सिंगोदेश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ । १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ’ प्रधानमन्त्री ओलीले भने । उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको बताए । ‘ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । सरकार स्टन्टबाज भयो । सरकार थुन्ने अनि सुन्ने काम भयो भन्ने कुरा लिएर व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवायीहरू मरिच झैं चाउरिएका छन्’ प्रधानमन्त्री ओलीले भने,’त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक बृद्धिका लागि लगेको हो ।’ कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय