दार्चुला-अपिहिमाल गाउँपालिकाको न्यायिक समितिमा न्युन मुद्धादर्ता भएका छन । गत आर्थिक वर्ष २०८०÷०८१मा पालिकामा न्युनमात्रामा मुद्धादर्ता भएको गाउँपालिकाको न्यायिक समितिले जनाएको छ ।गाउँपालिकामा रहेको न्यायिक समितिमा न्यून मुद्दा आएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक देवकी देवी बोहराले जानकारी दिनु भयो । गत आर्थिक वर्षको साउन देखि असार मसान्तसम्म पालिकामा जम्मा ३ वटा मुद्दा आएको उपाध्यक्ष बोहराले बताउनु भयो । स्थानीय सरकार स्थापनापछि गाउँपालिका तथा नगरपालिकामै न्यायिक समिति बने पनि न्याय माग्न कम आउने गरेका छन् । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको हुन्छ । गठित न्यायिक समितिले सर्वसाधारणको विश्वास लिन नसक्दा न्याय माग्न आउनेको सङ्ख्या न्यून रहेको गाउँपालिकाले जनाएको छ । अपि हिमाल गाउँपालिकामा तीन वटा मुद्धामध्ये दुईवटा लेनदेन एकवटा कुलो सम्बन्धी मुद्दाको मुद्धादर्ता भएको न्यायिक समिति संयोजक बोहराले बताउनु भयो ।

   दर्ताभएका मध्ये लेनदेन सम्बन्धीको मुद्धालाई छलफलका माध्यमबाट किनारा लगाइएको छ । बाकी दुई वटा मुद्धाको किनारा लगाउन बाकी रहेको पालिकाले जनाएको छ । पालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७९÷०८०मा ६ वटामुद्धा दर्ता भएका थिए । स्थानीय न्यायिक समितिको काम कारबाही र न्यायसम्पादन कार्य प्रभावकारी हुन नसकेपछि स्थानीय पीडितहरु अझैपनि जिल्ला प्रहरी कार्यालयमा नै आएर उजुरी दिनेगरेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिला हिंसा बाहेक लैङ्गिंक हिंसा, बहुविवाह, बालविवाह, यौन दुव्र्यवहार, जबरजस्तीकरणीका घट्नाहरु पनि प्रहरीमा आउने गरेका छन् । लेनदेनका कतिपय मुद्दा प्रहरीमा आए पनि सो मुद्दालाई जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको इन्स्पेक्टर ज्ञानेन्द्र बहादुर सिंहले बताउनु भयो । महिला सञ्जाल, दार्चुलाका अध्यक्ष महिला अधिकारकर्मी गौरी बडालले स्थानीय न्यायिक समितिमा राजनीतिक दलबाट नियुक्त भएका संयोजक र सदस्य हुने भएकाले निश्पक्ष रुपमा न्यायसम्पादन नहुने र राजनीतिक दबावमा मिलापत्र गर्न लगाइने भएको पीडितहरु न्यायका लागि प्रहरीमा जानेक्रम बढेको बताउनु भयो । From NayaNepal Fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय