दार्चुला — भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँ सहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ । दार्चुला सदरमुकाम स्थित नेपाल-भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका-३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय