दार्चुला–जिल्लाको विकासे बजेटको ९८ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा संघिय सरकारले जिल्लाका विभिन्न स्थानिय तह र अन्य कार्यालयहरुलाई पठाएको विकासे बजेटको ९८ दशमलव ३ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका कार्यालय प्रमुख भुपाल सिंह कार्कीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लालाई प्राप्त कुल पुजीगत बजेट ७२ करोड ११ लाख ५१ हजार १ सय ३३ मध्ये ७० करोड ६९ लाख ३४ हजार ३ सय ४८ रुपैयाँ खर्च भएको छ, भने १ करोड ४२ लाख १६ हजार ७ सय ८५ रुपैया फ्रिज भएको कार्यालय प्रमुख कार्कीले बताए । पुजीगत बजेट मध्ये असारमा मात्रै ९ करोड ८६ लाख ९९ हजार ५ सय ३५ रुपैयाँ खर्च भएको छ ।
गत विगतका वर्षहरुको तुलनामा यस वर्षको विकासे बजेट खर्च प्रगती राम्रो भएको बताइएको छ । संघिय सरकारबाट प्राप्त विकासे बजेट ५ लाख मध्ये दार्चुला जिल्ला अदालतले ४ लाख ९९ हजार ९ सय १२, सरकारी वकिल कार्यालयले कुल बजेट ३ लाख मध्ये २ लाख ९९ हजार ४ सय ५६ रुपैया खर्च गरेको छ । यस्तै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्राप्त बजेट ३ लाख मध्ये २ लाख ९९ हजार ८ सय ६९, दार्चुला भन्सार कार्यालयले ३ लाख ३० हजार मध्ये ३ लाख २३ हजार ७ सय ७२ रुपैयाँ खर्च गरेको छ ।
महाकाली नदि नियन्त्रण कार्यालयले ४० लाख मध्ये एक रुपैया पनि खर्च गर्न सकेको छैन् । कारागार कार्यालय दार्चुलाले ७ लाख ५० हजार मध्ये ७ लाख ४४ हजार ८ सय ९६, ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले २ लाख ३५ हजार मध्ये २ लाख ३४ हजार ९ सय ५० रुपैया, ईलाका प्रहरी कार्यालय लटिनाथले प्राप्त रकम ५ लाख ५ हजार मध्ये ५ लाख ३ हजार ४ सय ९९ रुपैया, ईलाका प्रहरी कार्यालय हुतीले ४ लाख मध्ये ३ लाख ९८ हजार ५ सय ३८ रुपैया, ईलाका प्रहरी कार्यालय लालीले ३ लाख मध्ये २लाख ९८ हजार ४ सय २८ रुपैया खर्च गरेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयले ३ करोड ४२ लाख ४२ हजार मध्ये ३ करोड ४२ लाख ४१ हजार ३ सय ९२ रुपैया खर्च गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलालाई प्राप्त बजेट ६ करोड ७६ लाख ५३ हजार ३ सय ६१ रुपैया मध्ये ४ करोड ८७ लाख १७ हजार २ सय ८१ रुपैया खर्च गरेको छ, भने १ करोड ८९ लाख ३६ हजार ८० रुपैया फ्रिज गएको छ ।
जिल्ला प्रशासन कार्यालयले १४ लाख मध्ये मध्ये १३ लाख ९९ हजार ९ सय ९६ रुपैया, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले १ करोड १० लाख मध्ये ९६ लाख ३९ हजार ५ सय ८९ रुपैयाँ, जिल्ला मालपोत कार्यालयले ५ लाख ६४ हजार मध्ये ५ लाख ६३ हजार ५ सय ६३ रुपैयाँ, नापी कार्यालयले ८ लाख ५ हजार मध्ये ७ लाख ८८ हजार ६ सय ७४, दार्चुला तिंकर सडक आयोजनाले ४५ करोड ८७ लाख ६० हजार मध्ये ४४ करोड ६४ लाख ९६ हजार ६ सय ६४ रुपैयाँ खर्च गरेको उहाँले बताउनुभयो ।
दार्चुला तिंकर सडक आयोजनाको विकासे बजेट १ करोड २२ लाख ६३ हजार ३ सय ३६ रुपैया फ्रिज गएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयले प्राप्त बजेट १ लाख मध्ये ९९ हजार ९ सय ८२ रुपैया खर्च गरेको छ, भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ रिजर्भ गणलाई प्राप्त २ करोड ३६ लाख ६६ हजार मध्ये २ करोड ३६ लाख ६५ हजार १ सय ७८ रुपैया खर्च गरेको छ । यस्तै शैल्यशिखर नगरपालिकाले प्राप्त बजेट ३० लाख, अपिहिमाल गाउँपालिकाले ५ करोड ९८ लाख २० हजार ३ सय, नौगाड गाउँपालिकाले प्राप्त २ करोड ४४ लाख ९२ हजार ६ सय रुपैयाँ खर्च गरेका छन् । यस्तै मार्मा गाउँपालिकाले २८ लाख ७० हजार ४ सय मध्ये कुनै पनि खर्च गरेको छैन् । मालिकार्जुन गाउँपालिकाले ३ करोड ५७ लाख १५ हजार मध्ये ३ करोड ५४ लाख ६८ हजार ९ सय ८२ रुपैयाँ खर्च गरेको छ, भने लेकम गाउँपालिकाले प्राप्त ३२ लाख खर्च गरेको छ । ब्याँस गाउँपालिकाले ८० लाख खर्च गरेको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । जिल्लामा चालु तर्फ प्राप्त बजेट ५ अर्ब १३ करोड ५८ लाख ९९ हजार ५२ रुपैया मध्ये ४ अर्ब ७३ करोड ३३ लाख ४७ हजार २ सय ४४ रुपैयाँ ८२ पैसा खर्च भएको छ ।
प्रदेश सरकारबाट प्राप्त बजेटको ९२ दशमलव ४२ प्रतिशत खर्च
सुदूरपश्चिम प्रदेशबाट जिल्लाका प्रदेश मातहतका कार्यालयलाई प्राप्त विकासे बजेटको ९२ दशमलव ४२ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय दार्चुलाका अनुसार प्रदेश सरकारबाट जिल्लालाई प्राप्त ३९ करोड २७ लाख २५ हजार मध्ये ३६ करोड २९ लाख ६८ हजार ५ सय ६९ रुपैया खर्च भएको छ, भने २ करोड ९७ लाख ५६ हजार ४ सय ३१ रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । प्रदेशबाट डिभिजन वन कार्यालयलाई प्राप्त बजेट ७० लाख ६० मध्ये ५० लाख ७५ हजार २ सय ९० रुपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका कोष नियन्त्रक भुपाल सिंह कार्कीले जानकारी दिनुभयो । जलस्रोत तथा सिचाँई विकास डिभिजन कार्यालयले २७ करोड ७३ लाख मध्ये २६ करोड २२ लाख ९ हजार ९ सय ६९, जिल्ला स्वास्थ्य कार्यालयले ९ लाख मध्ये ८ लाख ९२ हजार ९ सय २६ रुपैया खर्च गरेको उहाँले बताउनुभयो ।
यसैगरी जिल्ला अस्पतालले प्राप्त बजेट ४० लाख मध्ये ३९ लाख १९ हजार ३ सय २७ रुपैया खर्च गरेको छ, भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १३ लाख मध्ये १२ लाख ८९ हजार ४ सय ६६, प्रदेश लेखा ईकाइ कार्यालयले प्राप्त बजेट १५ हजार सबै खर्च गरेको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले पनि प्राप्त बजेट ७ लाख ५० हजार सबै खर्च गरीसकेको छ, भने भु–तथा जलाधार व्यवस्थापन कार्यालयलाई प्राप्त ५ लाख मध्ये कुनै पनि रकम खर्च गर्न सकेको छैन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राप्त बजेट २१ लाख मध्ये २० लाख ८९ हजार ३ सय ७२, सामाजिक विकास कार्यालयलाई प्राप्त बजेट २ करोड ७९ हजार मध्ये १ करोड ९३ लाख ६१ हजार ८ सय ७ रुपैया, कृषि ज्ञान केन्द्रले प्राप्त बजेट ३४ लाख मध्ये ३३ लाख ६१ हजार ४ सय ७२ रुपैया खर्च गरेको छ । प्रदेश सरकारबाट जिल्लाका स्थानिय तहहरुलाई भने कुनै पनि बजेट प्राप्त भएको छैन् । जिल्लामा संघ र प्रदेशकाे पुजिगत बजेट मध्ये ४ कराेड ३९ लाख ७३ हजार २ सय १६ रुपैया फ्र‍िज गएकाे छ । दार्चुला एफएमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय