दार्चुला : दार्चुलामा एक महिलाले महाकाली नदीमा हाम फालेकी छन् । जिल्लाको महाकाली नगरपालिका-१ कोटकी अन्दाजी २१ वर्षीया धनिसा कुवरले हाम फालेकी हुन् । महाकाली नगरपालिका-४ रिङनतालदेखि नदीमा हाम फालेकी कुवर बेपत्ता भएकी छन् । उनकाे अवस्था अहिले सम्म अज्ञात छ, भने उनको निरन्तर रुपमा नदी किनारमा खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
