दार्चुला-नेपाली काङ्ग्रेस दार्चुलाको विस्तारीत बैठक जारी रहेको छ । साउन १२ गतेदेखी सुरु भएको बैठकमा साउन १३ गते ९ वटै पालिकाहरुको प्रतिबेदन पेश गरिएको छ । उक्त प्रतिबेदन पालिका सभापतीमार्फत जिल्ला कार्यसमितिलाई पेश गरिएको हो । यस्तै दोस्रो दिनको बैठकमा पालिका सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी लगायतहरुले धारणा राख्ने क्रम चलेको छ । बैठकमा पालिका वाइजको प्रतिबेदन पेश, रिक्त उपसभापति पदको पदपूर्ति सम्बन्धी छलफल, सदस्यता नविकरण, भातृ सस्थाहरुको पुनः गठन र अधिबेशन लगायत समसामयिक विषयमा छलफल भएको नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठक नेपाली काङ्ग्रेस दार्चुलाका सभापती ललित सिंह बोहराको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सद्स्य एवं पूर्वमन्त्री दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा भएको हो । बैठकमा नेपाली काङ्रेस प्रदेश कार्य समितिका सदस्य, जिल्ला कार्य समितिका सदस्य, महासमिती सदस्य, पालिका सभापति, वडा सभापति, निर्वाचित जनप्रतिनिधि, भात्री सस्थाका प्रतिनिधि, लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको छ । बैठक साउन १४ गते समपन्न हुने नेपाली काङ्रेस दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय