दार्चुला– दार्चुलामा नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति गठन गरिएको छ । नेपाली कांग्रेस पार्टीको विधानमा व्यवस्था भए बमोजिम दार्चुलामा समिति गठन गरिएको हो । ‘खेलकुदको विकास, अनुशासित र मर्यादित समाज’ भन्ने मुल नाराका साथ मंगलबार एक कार्यक्रमका बिच समिति गठन गरिएको नवगठित समितिका सचिव एवं भलिबलका राष्ट्रिय खेलाडी भोजराज जोशीले जानकारी दिनुभयो । गठित समितिले जिल्लामा खेलकुदका गतिविधिहरु संचालन गरी खेलाडी उत्पादन गरी राष्ट्रलाई टेवा पु¥याउने लक्ष्य रहेको अध्यक्ष श्याम सिंह सिनालले बताउनुभयो । समिति मार्फत पार्टीलाई संगठन बिस्तार लगायतका कुराहरुमा सहयोग गरिने पनि उहाँले बताउनुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुदका वडा समिति तथा पालिका समितिहरु पनि गठन गरिने बताइएको छ । त्यसका लागि नेपाली कांग्रेस वडा समिति र पालिका समिति सभापतिहरुलाई जिम्मेवारी तोकिने अध्यक्ष सिनालले जानकारी दिनुभयो । दार्चुलामा अध्यक्ष श्याम सिंह सिनालको अध्यक्षतामा २५ जनाको जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा श्याम सिह सिनाल, उपाध्यक्षमा देवेन्द्र भट्ट, उपाध्यक्ष महिलामा सरस्वती कुवर, सचिवमा भोजराज जोशी, सहसचिवमा भुवनराज जोशी, कोषाध्यक्षमा उर्ति बुढाथोकी निर्विरोध निर्वाचित हुनु भएको छ ।
समितिको सदस्यहरुमा महेन्द्र राज भट्ट, विनोद चन्द, सन्तोस सिंह कुवर, नवीन कार्की, खेमराज भट्ट, साहिल कामी, तिलक पाल, जनक जोशी, उमेश सिंह, गणेश जोशी, सुरेश सिंह धामी, अरूणा कुवर धामी चयन हुनु भएको छ, भने समितिमा कलावती भाट, विक्रम बगाल, रविन्द्र धामी, जमन महता, उमेश ठगुन्ना र जगत सुनारलाई मनोनित गरिएको छ । नवगठित समितिका पदाधिकारीहरुलाई नेपाली कांग्रेस पार्टी कार्यालयमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले खादामाला लगाएर बधाइ समेत दिनु भएको छ । दार्चुला एफएमबाट
