दार्चुला–देशलाई स्थिरता प्रदान गर्न दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेको दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले २०४७ सालको संविधान भन्दा २०७२ को संविधानले देशलाई स्थिरता दिन्छ भनेर नयाँ संविधान जारी गरेको तथा फेरी पनि देशमा अस्थिरताको सिर्जना बारम्बार हुन थाले पछि संविधान संसोधन लगायतका विषयबस्तुलाई सच्याउन नयाँ समिरकण बनेको बताउनुभयो । नयाँ संविधान जारी हुने वित्तिकै देशमा विकासले गति लिने कुराको जनताले अपेक्षा गरेको तथा अस्थिरताले विकास निर्माण अलपत्र भएर प्रश्न उठ्न थालेपछि संविधान संसोधन गरी देशलाई स्थिरता दिन दुई ठुला दलहरु एक ठाउँमा आएको कुरा बताउनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा नआउने हो भने देशलाई स्थिरता दिन सकिदैन भन्ने निकर्षमा आफ्नो पार्टी पुगेको तथा त्यसपछिका घट्ना क्रमले नयाँ सरकारको परिकल्पना गरेको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बडूले बताउनुभयो । दुई ठुला दलहरु मिलेर बनेको सरकारले कम्तिमा पनि तीन वर्ष ढुक्कले काम गर्ने वातावरण पाउनेमा उहाँले विस्वास व्यक्त गर्नुभयो । ‘दुई ठुला दलहरु मिलेर बनेको नयाँ गठबन्धनले अबका तीन वर्ष देशलाई स्थिरता दिई विकास निर्माणका कामहरु गर्छ उहाँले भन्नुभयो ।’ संविधानको संसोधनको प्रक्रिया पनि छिट्टै थालनी गरिने उहाँको भनाई थियो ।
अस्थिरताले देशको विकासलाई धेरै ठुलो हेम्पर गरेको त्यस माथि पनि दार्चुलाको विकासलाई झन ठुलो हेम्पर गरेको भन्दै उहाँले सरकार स्थिर नबन्दा दार्चुला–टिंकर सडक निर्माणको कामले खासै गति नलिएको बताउनुभयो । अस्थिरताका बिच पनि जिल्लाको विकास निर्माणका विषयमा संसद्मा आफूले जोडदार रुपले कुराहरु उठाउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । दार्चुला टिंकर सडक निर्माणका लागि विगतमा छुट्टै शिर्षकमा बजेट आउने गरेको तथा एमाले र नेकपा माओबादी केन्द्र मिलाएर बनेको नेकपाका सरकारले त्यति बेला दार्चुला–टिंकर सडक योजनालाई महाकाली करीडोरमा गाभ्दा समस्या सिर्जना भएको उहाँको भनाई छ । साथै उहाँले दार्चुला–टिंकर सडक योजना छुट्टै बनाएर प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोडदिनुभयो । दुई ठुला पार्टीहरु मिलेर सरकार बन्दा दार्चुलाको विकास निर्माणका लागि बजेटको सुनिश्चतता गर्न सजिलो भएको उहाँको भनाई छ । ‘गणेश जी र म मिलेर सबै मन्त्रालय र प्रधानमन्त्रीलाई भेट्न जान्छौ जिल्लाको समस्याको बारेमा कुराहरु राखेर समाधानका लागि पहल गर्छौ, अब सजिलो भएको छ उहाँले भन्नुभयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय