दार्चुला कात्तिक २६ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा पशुबाट मानसि र मानिसबाट पशुमा सर्ने जुनोटिक रोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरु संग छलफल गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा शुक्रबार आयोजित छलफल गोष्ठीमा जुनोटिक रोग नियन्त्रण सम्बन्धि सरोकारवालाहरु संग छलफल गरिएको हो ।
छलफल पस्चात सरोकारवालाहरुले जुनोटिक रोग नियन्त्रणमा एकजुट हुने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभागी जिल्लाका नौ वटै स्थानिय तहका पशु शाखा कार्यालयका प्रमुखहरुले जुनोटिक रोग नियन्त्रणका लागी जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख चन्द्रकान्त पन्तका अनुसार पशुबाट मानिसमा रेबिज, टिबि, मंकी फक्स, एन्थेरेक्स, टेपवर्म, साल्मोनिसिस, कोरोना, इन्फुलुइन्जा र बर्डफुलु जस्ता रोगहरु सर्ने गर्दछन् । पशुबाट मानिसमा सर्ने रोगहरु नियन्त्रण गर्नका लागी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्नपर्ने कार्यालय प्रमुख पन्तले बताए ।
गाई भैसीको दुध नतताइए सेवन गरेमा टिबि रोगको संक्रमण हुने उनले वताए । गाई भैसीबाट मानिसमा सर्ने टिबि रोगबाट बच्न दुध संधै उमालेर मात्रै सेवन गर्न उनले सबैमा आग्रह गर्नु भयो । यस्तै काचो मासु खादा टेपवर्म रोग मानिसमा सर्ने भन्दै उनले राम्ररी उमालेर पकाएको मासु मात्रै सेवन गर्न सुझाव दिनु भएको छ ।
टेपवर्म रोगको संक्रमण भएमा मानिसको मष्तिस्कमा आक्रमण गर्ने तथा मिर्गी जस्ता समस्याहरु देखा पर्ने उनको भनाई थियो । गाउँघरमा अझै पनि काचो दुध, मासु खाने चलन रहेको भन्दै कार्यालय प्रमुख पन्तले काचो दुध र मासु खानु स्वास्थ्यका लागी निकै हानिकारक भएको बताए ।
टेपवर्म रोग बंगुर, कुखुरा र बाख्राहरुबाट बढी सर्ने गरेको बताइएको छ । जुनोटिक रोग पशु संगको प्रत्येक्ष तथा अप्रत्येक्ष सम्पर्कबाट सर्ने गरेको उनले बताए । छलफलमा जिल्लाका नौ वटै स्थानिय तहका पशु सेवा शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs