दार्चुला-जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्डमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान घाँस काट्ने क्रममा सुण्डमुण्ड स्थित बेडहुनेपातलका मानसिंह ठगुन्नाकी पत्नी ३५ वर्षीया गुमाको भीरबाट लडेर उनको मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीय नरेन्द्र ठगुन्नाका अनुसार सुण्डमुण्ड नजिक रहेको पातिसल्ला डाँडाको भीरबाट लडेर गुमाको घटनास्थलमै मृत्यु भएको हो । अहिले स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएको र मृतकको उद्धारका लागि स्थानीय खटिएको उनले बताए ।
