दार्चुला–जिल्ला अस्पताल दार्चुलामा एक शिशुको मृत्यु भएको छ । तीन दिन अघि जिल्ला अस्पताल आएकी महाकाली नगरपालिका–९ बेतकी निर्मला लुहारको शिशुको मृत्यु भएपछि अस्पतालमा केहि घण्टा विवाद भएको थियो । तीन दिन अघि अस्पताल आएकी निर्मलाले आज अपराहन्न १२ः३० बजेतिर छोरालाई जन्म दिएकी थिइन । लामो समय सम्म सुत्केरी ब्यथा लागेकी निर्मलाको बच्चाले पेटमै दिसा खाएपछि भित्र मृत्यु भएको अस्पतालले जनाएको छ । निर्मलाको बच्चाले पेटभित्रै दिसा खाएको अवस्थामा उनको भित्रै मृत्यु भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

यता पिडित पक्षले डाक्टरहरुले बच्चाको छातीमा च्यापेर मारेको आरोप लगाएपछि जिल्ला अस्पतालमा केहि समय तनावको स्थिति सिर्जना भएको बताइएको छ । तीन दिन सम्म चिकित्सकहरुले आफुहरुलाई अस्पतालमा कुराएर राख्नु गलत भएको शिशुका बुबा सुनिल लुहारले गुनासो गर्नुभएको छ । ‘अस्पतालले रेफर गरिदिएको भए सूविधा सम्पन्न अस्पताल लैजान हुन्थ्यो यसमा चिकित्सकहरुको पनि कमजोरी छ, उहाँले भन्नुभयो ।’

सामान्यतया बच्चाको जन्म हुने वित्तिकै रुने कराउने र हलचल गर्ने चिकित्सकहरुले बताएका छन् ति शिशुले जन्मेपछि कुनै किसिमको क्रियाकलाप नगर्दा उनको सिपिआर (छातीमा च्यापेर श्वास–प्रश्वास गराउने काम) गरेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । ‘यस्ता धेरै केस आउछन्, कसैले सिपिआर गर्दा श्वास फेर्छन कसैले फेर्दैनन्, उनको पेटमै मृत्यु भइसकेको रहेछ उहाँले भन्नुभयो ।’

सोही कुरामा अस्पताल पक्ष र पिडित पक्षको बिचमा विवाद भएपछि जिल्ला अस्पतालमा केहि समय तनावको स्थिति पैदा भएको थियो । अस्पताल र पिडित पक्षका बिचमा घट्नाका बारेमा लामो समय सम्म छलफल भएपछि अहिले शिशुका आफन्तले शब बुझेको सूचना अधिकारी भट्टले बताउनुभयो । घट्नाका बारेमा चिकित्सकले सत्यतथ्य कुरा शिशुका आमा बुबालाई बताएपछि उनिहरुले शब बुझेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय