दार्चुला । केशव धामीको अजम्बरी माया लोक दोहोरी गीत सार्बजनिक भएको छ । साईनो फिल्मस ओफिसियल युटुवबाट बजारमा आएको अजम्बरी माया लोक दोहोरी गीतमा स्वर केशव धामी र सुनिता बुढा क्षेत्रीको रहेको छ । म्युजिक भुपेश बुढा मगर र शब्द दिपेन्द्र सिंह धामीको रहेको उक्त गितमा बिक्रम सिंह धामी ,हरक सिंह धामी र शिशिर ठगुन्ना सहयोगी रहेका छन् ।
गित सुन्न तलको लिंक खोल्नुहोस् ।
कलाकार केशब धामीको जिबनी
गायक केशब धामीको जन्म दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको वडा नम्बर ३ को घरकट्या गाउँमा बुबा शङ्कर सिंह धामी र आमा कृपा देबि धामीको कोखबाट भएको हो । सानैमा घरकट्याबाट नौगाड -१ इयरकोट को बिलासौं भन्ने गाउँमा बसाइ सरेर बाल्यकाल त्यतै बिताएका उनको बुबा एउटा साधारण कृषि कर्मसङ्गै डकर्मीको काम गर्नुहुन्थ्यो । गाउँमा नजिक स्कुल नभएर र उनको स्कुल जाने उमेरमा द्वन्दकालको प्रभावले समयमै स्कुल जान नपाएका उनी आठ वर्षको छंदा स्कुल भर्ना भए । पढाइमा निकै नै मिहिनेती उनी घरबाट एक दुई घण्टाको बाटो हिंडेर ताराकोट भवानी बाल बिकास केन्द्र थुम्केबाट सुरु भएको उनको पढाइ ,देवेश्वरी प्राथमिक विध्यालय कैदमकोट, भुमिराज मा .बि इयरकोट हुँदै लटिनाथ मा वि खार बाट इन्टर पास गरें।
बाल्यकाल देखि नै गीतसङ्गीत एकदमै मन पर्ने उनी सानोमा रेडियोमा सुनेर र दाइहरुले उ बेला क्यासेट प्लेयरमा बजाएका गीतहरु सुनेर तिनैलाइ गुनगुनाउने गर्दथे। लजालु र अलि बडि अन्तरमुखी स्वभावका उनले स्कुले जीवनमा भने कतै कुनै पनि कार्यक्रम वा ब्यक्तिको अगाडि गीत भने गाएनन ।तर अकस्मात एकदिन उनी कक्षा मा पढ्ने बेला मेरा गुरु बाबुराम बरइले कक्षामा मीठो गीत गाएर सुनाउनुभयो र उहाँ बाट प्रभावित भएर नै मैले पनि केही गर्नुपर्छ है भन्ने मनमा रहर जाग्न थालेर आफू सङ्गीतप्रती आकर्षित भएको बताउने उनी पछि दार्चुला कै चर्चित देउडा गायक नबराज विस्ट, गायक राजन ठगुन्ना, कलावती ठगुन्ना ,शिशिर ठगुन्ना जस्ता स्थानीय कलाकारहरुका गीत बजार मा आउँदा उनमा पनि झन प्रेरणा बढेको उनी बताउँछन् । वि.स २०७४ सालमा इन्टर पूरा गरिसकेपछि परिवार सङ्गै बसाइ सरेका उनको पहिलो सङीत कर्म गायक शिशिर ठगुन्नाको लय शब्द सिर्जनामा देउडा गीत तेरो मेरो पिरती छुट्यो गीत थियो । उक्त गीतमा उनको र दिपा रोकाय को स्वर रहेकोउक्त गीत ३ वर्ष अगाडि साइनो फिल्मस युट्युब च्यानल बाट बजार मा आइसकेको छ । डोटेली भाषा र आफ्नो संस्कृतिलाइ निकै नै मन पराउने उनको रुचि डोटेली कमेडी ,नाटक र चित्रकलाप्रती पनि छ ।
सानैमा बुबा बितेका उनको बाल्यकाल देखि नै जीवन निकै नै संघर्षपुर्ण बित्यो । सामान्य परिवार कलाकारिता क्षेत्रमा आफ्नो यात्रा अगाडि बढाउने कोसिस गरिरहँदा थुप्रै समस्याहरूले गर्न खोजे अनुसार गर्न नसकिएको तथा सङ्गीत कर्म र आफ्नो परिस्थिति ,अवस्था र समयको तालमेल नमिल्दा सङ्गीतप्रती तिब्र इच्छा हुँदाहुँदौ पनि सोचे अनुसार प्रतिफल दिने गरि मिहिनेत र कार्य गर्न नसकिएको उनी बताउँछन् । उनले हालसम्म एउटा देउडा गीत ,एउटा लोक दोहोरी गीत, एउटा देशभक्ती गीत र कोरस स्वर गरि ४/ ५ ओटा गीतमा स्वर दिइसकेका छन् ।
