दार्चुला–सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सदरमुकाम खलंगामा आज भव्यताका साथ मनाएको छ । हालको ४४ नम्बर गण २०७० साल माघ महिनामा गुल्मको रुपमा स्थापना भएको थियो । गुल्मबाट गणमा परिणत भई स्थापनाको ४ वर्ष पूरा भएको अवसरमा गणले आन्तरिक खेलकुद प्रतियोगितामा स्थान हासिल गर्ने, हातहतियार व्यवस्थापनमा उच्च कार्यगर्ने तथा उत्कृष्ट कार्य सम्पादन गर्ने लगायतका सूचकहरुको मुल्याङ्कन गरी सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा गणले खुला पुरुष ब्याडमिन्टन खेलकुद प्रतियोगिताको समेत आयोजना गरेको थियो । यहि साउन १५ गते देखी १९ गते सम्म संचालन गरिएको ब्याडमिन्टन प्रतियोगितामा स्थान हासिल गर्ने खेलाडीहरुलाई भव्य समारोका बिच पुरुस्कृत गरिएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक उद्धब बहादुर न्यौपानेको प्रमुख आतिथ्यतता रहेको थियो । चौथो स्थापना दिवस विशेष समारोहमा वर्ष उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मानित गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तले जानकारी दिनुभयो । दिवसको अवसरमा १७ जना उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ । गणले मातहतमा रहेका बेस तथा बिओपीमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा बलाच बेसका सशस्त्र प्रहरी नायव उपरिक्षक ईश्वरी दत्त भट्ट, बिओपी लालीका सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र बहादुर पाल, बिओपी दुम्लिङका सशस्त्र प्रहरी निरिक्षक चन्द्रदेव भट्ट, गणमा सशस्त्र प्रहरी निरिक्षक शैलेन्द्र सिंह चैसिर, सन्तोष कुमार धामीलाई सम्मान गरिएको छ । यस्तै बिओपी दत्तुका सशस्त्र प्रहरी नायव निरिक्षक दिपेन्द्र बहादुर सिंह, सुन्सेराका चमन कुमार चन्द, गणमा सशस्त्र प्रहरी नायव निरिक्षक कृष्ण वि.क., सशस्त्र प्रहरी बरिष्ठ ह्वलदार दिपक ऐरी, सुशिल कुमार पाल, सशस्त्र प्रहरी ह्वलदार कमल सिंह धामी, गोपाल बहादुर चन्द, सशस्त्र प्रहरी सहायक ह्वलदार लोकेन्द्र बहादुर चन्द, राजेन्द्र सिंह कुवँर, सशस्त्र प्रहरी जवान गगन सार्की, पुस्कर सिंह बोहरा र हरिशराम दमाईलाई सम्मान गरिएको छ । सम्मानित हुने सबैलाई गणपति हर्कराज पन्तले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
यसैबिच गण स्थापना दिवसको अवसरमा संचालन गरिएको खुला ब्याडमिन्टन प्रतियोगितामा स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद प्रमाणपत्र र ट्रफि सहित पुरुस्कृत गरिएको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बलाँच बेसका सशस्त्र प्रहरी नायव उपरिक्षक इश्वरी दत्त भट्ट र गोकुलेश्वरका प्रकाश विष्टको जोडीले प्रथम स्थान हासिल गर्नु भएको थियो, भने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंह र प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहको जोडीले द्धितिय स्थान हासिल गर्नु भएको थियो । प्रतियोेगितामा लाल बहादुर खड्का, बिष्णु धामी र सुशेश विष्ट र चक्र कुवँरको जोडीले तृतिय स्थान हात परेका थिए । प्रतियोगितामा स्थान हासिल गर्ने जोडीलाई क्रमशः प्रथम ३३ हजार ३३३, द्धितिय १५ हजार ५५५ र तृतिय ५ हजार ५५५ नगद तथा प्रमाणपत्र र ट्रफी प्रदान गरिएको गणपति पन्तले जानकारी दिनुभयो । दिवसको अवसरमा आयोजित विषेश समारोहमा ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाली सेनाको नम्बर २ विकास निर्माण गण दार्चुलाका गणपति राजेश कटुवाल, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । दार्चुला एफएमबाट
