दार्चुला-अपिहिमाल गाउँपालिका–५ मकरीगाड खोलामा बगेर एक जना बेपत्ता भएका छन् । आइतबार आज बिहान मकरिगाड खोलामा बगेर अपिहिमाल गाउँपालिका वडा–३ रौँला बस्ने वर्ष ४२ का मोहनसिंह धामी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार मकरीगाड देखि खण्डेश्वरी जानेक्रममा मकरीगाड खोलामा बगेर ४२ वर्षिय मोहनसिंह धामी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । अहिले बेपत्ता धामीको खोजी गर्नका लागि इलाका प्रहरी कार्यालय लटिनाथ र प्रहरी चौकी खण्डेश्वरीबाट प्रहरी टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको बारेमा जानकारी दिने ३ जनालाई सोधपुछका लागि प्रहरीले इलाका प्रहरी कार्यालय लटिनाथ ल्याएको छ । घटनाको बारेमा प्रहरीलाई आज दिउसो मात्रै जानकारी प्राप्त भएको बताइएको छ । मकरिगाड खोलामा बगेका धामीको खोजीकार्य भइरहेको छ ।बेपत्ता धामीलाई भेट्टाउन सकिएको छैन । अहिले स्थानीय र प्रहरीहरुले बेपत्ता मोहनको खोजिकार्य गरीरहेका छन । from Nayanepal fm
