दार्चुला । जिल्ला सदरमुकाम खलंगाको एक होटलबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा नम्बर– ४ तिंकरखेडा पिपलबोट नजिकबाट प्रहरीले जुवाडे पक्राउ गरको हो ।
बडाल फास्टफुड सेन्टरमा जुवा खेलिरहेका ६ जनालाई जुवा खेलिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
बडाल फास्टफुड सेन्टर संन्चालक जनक सिह बडाल सहित ६ जनालाई नियन्त्रणमा लिएको बुझिएको छ। प्रहरीले १ लाख २४ हजार ८४० रूपैँया सहित जुवा खेलिरहेकाहरुलाइ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दुहुँ गाउँपालिका वडा नम्बर २ का जनक बडाल,नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे, महाकाली नगरपालिका वडा नम्बर १ का मोहन महरा मालिकार्जुन गाउँपालिका निरज धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की र नौगाड गाउँपालिका वडा नम्बर ४ का कृष्ण सिह धामीलाई जुवा खेलिरहेका बेला पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सुचनाको आधारमा फास्टफुड सेन्टरमा छापा हान्दा उनीहरु पक्राउ परेको बताएको छ । उनिहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
