दार्चुला-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक गोपाल सिंह कोट्टारी र सचिव भान सिंह धामीले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई आइतवार ज्ञापनपत्र बुझाएको हो । रास्वपाले बुझाएको ज्ञापन पत्रमा जिल्लामा हुने जघन्य अपराधिक घटनाको तत्कालै सर्वदलिय बैठक राख्नुपर्ने र सो विषयमा समीक्षा गर्नुपर्ने छ । यस्तै जिल्ला भरिका स्थानीय तहमा भइरहेको बेथिती रोक्न उचित पहल थाल्नुपर्ने बताएको छ । प्रशासन सुधारका कार्यहरु गर्नुपर्ने र सोही अनुसार काम भए नभउको निरीक्षण गर्नुपर्ने, सार्वजिनक सेवा प्रवाहको समस्या समाधानको कार्यविधि तयार पारी सार्वजनिक सेवा प्रवाहको गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने या गुनासो विभाग बनाउनुपर्ने रास्वपाको माग छ ।

   यस्तै जिल्ला भित्रका कार्यालयहरुको अनुगमन गरी आवश्यक निर्देशन दिनुपर्ने, अख्तीयारमा परेका उजुरीहरुको छिटो र छरितो छानबीन गर्नुपर्ने, भन्सार छलि तथा अवैध सामान ओसार पोसारको निगरानी बढाई कडाई गर्नुपर्ने माग छ । यस्तै रास्वपाले राखेको मागमा जिल्लाका कतिपय सरकारी कार्यालयहरुले करार कर्मचारी नियुक्ती गर्दा टिका लगाएर गर्ने गरेको भन्दै जिल्ला भरिका सरकारी कार्यालय व्यवस्थापनमा करार जनशक्ति नियुक्ती गर्दा बैधानिक तवरमा गरे नगरेको एकिन गरी सत्यतथ्य छानबीन गरी कारवाही गर्नुपर्ने रास्वपाले माग गरेको छ । यस्तै राष्ट्रिय सवतन्त्र पार्टी दार्चुलाको साउन २५ गते जिल्ला भेला सम्पन्न भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय