तनहुँ-तनहुँको आँबुखैरेनी गाउँपालिका-२ को ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । बसमा सवार यात्रुहरू घाइते भएका छन् । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घाइतेको उद्धार भइरहेको छ । उक्त बसमा भारतीय यात्रुहरू थिए । घटनास्थलबाट स्थानीयहरुले सामाजिक सञ्जालहरुमा गरिरहेको लाइभमा ऐना पहराबाट खसेको बस मर्स्याङ्दी किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार पोखराबाट काठमाडौं जाँदै थियो । प्रहरीले उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ । शाहीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । कान्तिपुरबाट
